बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रुसले पाइपलाइन नखोलेपछि ग्यासको मूल्य बढ्यो

सोमबार, २० भदौ २०७९, १६ : ००
सोमबार, २० भदौ २०७९

रुसले युरोपको आफ्नो पाइपलाइनलाई पुनः सञ्चालन नगर्ने बताएपछि ग्यासको मूल्य आकासिएको छ । ग्यासको होलसेल मूल्य नै सोमबार ३० प्रतिशतले वृद्धि भएको छ । तीन दिनदेखि बन्द रहेको नोर्ड स्ट्रीम वान पाइपलाइन शनिबारदेखि खुल्नुपर्ने थियो । तर, रुसको राज्यद्वारा सञ्चालित कम्पनी गाजप्रोमले पाइपलाइनमा चुहावट भेटिएको जानकारी दिँदै त्यसलाई तत्काल खोल्न नसकिने बताएको छ । 

यता युरोपले भने रुसले आफ्नो ग्यास आपूर्ति ब्ल्याकमेलको हतियारको रूपमा प्रयोग गरिरहेको आरोप लगाएको छ । रुसले ती आरोपहरूको खण्डन गरेको छ । पछिल्ला केही हप्ता ग्यासको मूल्यमा निकै उतारचढाव देखिएको छ । जर्मनीले आफ्नो ग्यास भण्डार अपेक्षा गरेभन्दा चाँडो भरिरहेको बताएपछि ग्यासको मूल्यमा ठुलो गिरावट आएको थियो । -बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप