गोरखाका सबै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले चुनावी कमाण्डर तोक्यो
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जिल्लास्थित सबै निर्वाचन क्षेत्र समन्वय समितिको जिम्मेवारी तोकेको छ । जिल्ला समन्वय समितिको आइतबार बसेको पूर्ण बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको जिम्मेवारी बाँडफाँट गरेको पार्टीका जिल्ला संयोजक विष्णुप्रसाद भट्टले जानकारी दिए ।
बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ समन्वय समितिको इन्चार्जमा अमर तमु, संयोजकमा छमबहादुर गुरुङ, सचिवमा अङ्कुर तिमिल्सेना (आयाम)लाई जिम्मेवारी दिएको छ । त्यस्तै क्षेत्र नं १ अन्तर्गत प्रदेश सभा (क) मा इन्चार्जमा लेखबहादुर थापा, संयोजकमा शोभा लामिछाने, सचिवमा जीवन गुरुङलाई जिम्मेवारी दिइएको उनले बताए। त्यस्तै प्रदेश (ख) को इन्चार्जमा सुशीला सिम्खडा, संयोजकमा ऋषि खनाल, सचिवमा प्रेमचन्द्र श्रेष्ठलाई चयन गरिएको जिल्ला संयोजक भट्टले जानकारी दिए ।
बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को इन्चार्जमा परशुराम रम्मेल, सह इन्चार्जमा खोपबहादुर कँडेल, संयोजकमा भुवन सुनार र सचिवमा रामकुमार कोइरालालाई चयन गरेको छ । त्यस्तै निर्वाचन क्षेत्र नं २ (क) को इन्चार्जमा कमला नहर्की, संयोजकमा रामचन्द्र सेडाइँ, सचिवमा सुदिप नगरकोटी तथा (ख) को इन्चाजमा दीपक देवकोटा, संयोजकमा नवराज पुडासैनी र सचिवमा सुनिल परियारलाई चयन गरिएको अध्यक्ष भट्टले जानकारी दिए । जिल्लाभित्रका सबै पालिकामा निर्वाचन रणनीति तय गर्नका लागि तत्काल बैठक बस्ने निर्णयसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन