सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

नेप्सेको कारोबार ९० करोडमा झर्‍यो

सोमबार, २० भदौ २०७९, १५ : २८
सोमबार, २० भदौ २०७९

आइतबार ६ अंकले बढेको नेप्सेमा दोस्रो दिन फेरि ४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ४.२९ अंकले घट्दै १९७३ अंकमा झरेको हो । यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.८२ अंकले घटेर ३८२.९५ अंकमा झरेको छ । 

उसो त ४ अंकले घटेको बजारमा आज कारोबार रमक घटेर ९० करोड ९९ लाख रुपैयाँमा खुम्चिन पुगेको छ । यस दिन म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक अन्य सबै उपसूचक ऋणात्मक भएका छन् । 
आज सबैभन्दा बढी रिडी पावर कम्पनीको ९ करोड ९६ लाख ९४ हजार ७२१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ४ करोड ५९ लाख ७८ हजार ६६४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । रुरु जलविद्युत कम्पनीका सेयर धनीहरुले ६.५५ प्रतिशतले गुमाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप