नेप्सेको कारोबार ९० करोडमा झर्यो
सोमबार, २० भदौ २०७९, १५ : २८
आइतबार ६ अंकले बढेको नेप्सेमा दोस्रो दिन फेरि ४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ४.२९ अंकले घट्दै १९७३ अंकमा झरेको हो । यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.८२ अंकले घटेर ३८२.९५ अंकमा झरेको छ ।
उसो त ४ अंकले घटेको बजारमा आज कारोबार रमक घटेर ९० करोड ९९ लाख रुपैयाँमा खुम्चिन पुगेको छ । यस दिन म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक अन्य सबै उपसूचक ऋणात्मक भएका छन् ।
आज सबैभन्दा बढी रिडी पावर कम्पनीको ९ करोड ९६ लाख ९४ हजार ७२१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ४ करोड ५९ लाख ७८ हजार ६६४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । रुरु जलविद्युत कम्पनीका सेयर धनीहरुले ६.५५ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार