काबुलमा रुसी दूतावास नजिकै आत्मघाती बम विस्फोट, दुई जनाको मृत्यु
सोमबार, २० भदौ २०७९, १५ : १५
अफगानिस्तानको काबुलमा रहेको रुसी दूतावास नजिकै भएको आत्मघाती बम हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । रुसको विदेश मन्त्रालयले घटनामा दूतावासका दुई जना कर्मचारीको मृत्यु भएको पुष्टि गरेको छ ।
मन्त्रालयले मारिने कर्मचारी को थिए र उनीहरूको कसरी मृत्यु भयो भन्ने विषयमा विस्तृत विवरण दिएको छैन । उता रोयटर्ससँग कुराकानी गर्दै सो क्षेत्रका प्रहरी प्रमुख मौलावी साबिरले आक्रमणकारी आफ्नो लक्ष्यमा पुग्नुभन्दा पहिले नै दूतावासका गार्डहरूले उनीमाथि गोली प्रहार गरेको बताए ।
हालसम्म विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । केही दिन अघि मात्र अफगानिस्तानमा तालिबान सत्तामा फर्किएको एक वर्ष पुरा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख