‘साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने हाम्रो लक्ष्य’
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा भुटानसँग खेल्दै सुरुवात गर्दैछ । दोस्रो पटक घरेलु मैदानमा हुने प्रतियोगिताको उपाधि जित्ने लक्ष्य बनाएको नेपालले सपूर्ण रुपमा तयार भएको प्रशिक्षक कुमार थापाले बताए ।
उनले आफ्नो दोस्रो इनिङ सफल बनाउन आफू लागि परेको बताए उनले नेपाली टोलीले साफका लागि सात साता तयारी गरेकाले उत्कृष्ट नतिजाका लागि आफूहरु तयार भएको बताए । ‘घरेलु मैदानमा हुन लागेको प्रतियोगिताको उपाधि हामी नै राख्ने योजना बनाएका छौं । साफले नेपालमा ल्याएको ट्रफीलाई यतै राख्ने र सम्पूर्ण समर्थकलाई खुसि बनाउने योजना छ,’ उनले भने ।
थपाले नेपाली टोली लामो समय देखि उपाधिको भोको भएको बताए । उनले यो पटक उपाधिको प्यास मेट्ने गरि आफूहरुले तयारी गरेको र खेलाडीहरु पनि त्यही मानसिकतामा भएको बताए । ‘लामो समय देखिको उापधिको प्यास यो पटक मेट्ने योजनामा छौं हामी । त्यसै अनुसार तयारी पनि भइरहेको छ । खेलाडी पनि तयार छन् । मेरो दोस्रो इनिङ्समा आफू सफल बनाएर देखाउने मौका पनि हो,’ उनले भने ।
यता नेपाली राष्ट्रिय टोलीकी नयाँ कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले आफूहरु उपाधिका लागि खेल्ने बताइन् । प्रतियोगिता अघि धेरै कुरा गर्नु भन्दा पनि यो समय खेलेर प्रमाणि गर्ने रहेको उनले बताइन् । एन्जिलाले आफूलाई कप्तानको जिम्मेवारी दिएर विश्वास गरेकोमा टिमलाई धन्यवाद दिँदै आफूले कप्तानीको रुपमा प्रमाणित गरेर देखाउने बताइन ।
‘मलाई विश्वास गरेर कप्तानको जिम्मेवारी दिएको छ । म त्यो जिम्मेवारीलाई सफल बनाएर देखाउने छु । टिमलाई उपाधि दिलाउन सकेमा म सफल भएको प्रमाणित हुनेछ । स्वर्ण नै मेरो लक्ष्य हो,’ उनले भनिन् । प्रतियोगिता अन्तर्गत नेपालले भोलि भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म