बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय सेनाध्यक्षद्वारा नेपाली सेनालाई करिब २२ करोडको सामग्री हस्तान्तरण

अनुदानमा ४ वटा घोडा
सोमबार, २० भदौ २०७९, २२ : ३०
सोमबार, २० भदौ २०७९

नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई करिब २२ करोड मूल्य बराबरको सामग्री हस्तान्तरण गरेका छन् । १० वटा माइन प्रोटेक्टिभ भेहिकल (बख्तरबन्द गाडी) सहित करिब २२ करोड मूल्य बराबरको सामग्रीको स्याम्पल सेनाध्यक्ष पाण्डेले प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेको सैनिक प्रवक्ता नारायण सिलवालले रातोपाटीलाई बताए । 

भारतीय सेनाले नेपाली सेनालाई ४ वटा घोडा पनि दिएको छ । दुई देशका बाइल्याटरल कन्सल्टिङ  ग्रुपमा छलफल भएपछि तय भएअनुसार भारतीय सेनाले मेडिकल सामग्री र इन्डियन हतियारको स्पेयर पार्टस नेपाली सेनालाई हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

भारतीय सेनाध्यक्षले हस्तान्तरण गरेको सामग्री ६० प्रतिशत अनुदानमा प्राप्त भएको हो । ४० प्रतिशत रकम नेपाल सरकारले भारत सरकारलाई दिनुपर्छ । सेनाप्रमुख नेपाल भ्रमणमा आएको मौकामा पाण्डेले सामग्री सांकेतिक हस्तान्तरण गरेका हुन् । सम्झौताअनुसार अरु सामग्री पछि आउने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप