त्रिशालाको स्पष्टिकरण, ‘अफेयरमा छैन, घरमा गाली खाएँ’
सोमबार, २० भदौ २०७९, १२ : ५८
![त्रिशालाको स्पष्टिकरण, ‘अफेयरमा छैन, घरमा गाली खाएँ’](https://rpcdn.ratopati.com/media/albums/trishala1_Y5puD7qrA0.jpg)
डाक्टर त्रिशाला गुरुङले आफू अफेयरमा नरहेको स्पष्टिकरण दिएकी छिन् । आइतबार उनले आफ्नो फेसबुक पेजमा रोहित शाक्यसँगका केही तस्बिर सार्वजनिक गर्दै मायाको भाव व्यक्त गरेकी थिइन् । तर उनले यसको स्पष्टिकरण सोमबार आयोजित एक पत्रकार सम्मेलनमा दिएकी छिन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा त्रिशालाले भनेकी छिन्, ‘रोहित शाक्य मेरा प्रेमी होइनन् । यो एउटा गीतको सिलसिलामा खिचिएको फोटो हो । त्यहि फोटोलाई मैले गीतकै भावसँग मेल खाने शब्द लेखेर फेसबुकमा पोष्ट गरेकी थिएँ । तर मिडियामा ‘प्रेमी सार्वजनिक’ भनेर खबर प्रकाशित भए ।’
याे पनि :
‘बिहान यो खबर आएदेखि नै मैले घर, परिवार र आफन्तबाटसमेत धेरै गाली खाइरहेकी छु,’ उनले भनिन् ।
उनले यसबारे गलत समाचार सम्प्रेषण नगरिदिन मिडियालाई आग्रहसमेत गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोलाले बगाउँदा एक महिलाको मृत्यु
-
एमालेसँगको सत्ता सहकार्यबारे कांग्रेसले गर्यो विपक्षी दलसँग छलफल
-
पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान
-
८ जना न्यायाधीश सिफारिस
-
एकीकृत समाजवादीको महाधिवेशन बैठक बुधबार बस्ने
-
क्वार्टरफाइनलमा पुग्ने अन्तिम टोली बन्न ब्राजिल र कोस्टा रिकाबिच चर्को प्रतिस्पर्धा