मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

माओवादीबाट काठमाडौ–७ मा मुक्ति प्रधान सिफारिस

सोमबार, २० भदौ २०७९, १२ : ४५
सोमबार, २० भदौ २०७९

नेकपा माओवादी केन्द्रले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा पूर्व महानयायाधीवक्ता समेत रहेका मुक्ति प्रधानलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गरेको छ ।  उक्त क्षेत्रबाट प्रधानलाई माओवादीले एकल उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

त्यस्तै उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’तर्फ कुलबहादुर महर्जन र प्रदेशसभा ‘ख’तर्फ शिव कोइराला ‘ज्वाला उम्मेदवारका रुपमा सिफारिस भएका छन् भने महिलातर्फ कोपिला कुवँरको नाम सिफारिस भएको माओवादी केन्द्रले जनाएको छ । काठमाडौ ७ मा काँग्रेसले शुशील भट्ट र एमालेले रघुजी पन्त र विद्यासुन्दर शाक्यसहित ५ जनालाई सिफारिस गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप