आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

बैंकहरुमा तरलता बढ्यो

सोमबार, २० भदौ २०७९, १२ : ४०
सोमबार, २० भदौ २०७९

पछिल्लो साता वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढेको छ । नेपाल बैंकर्स संघको रिपोर्ट अनुसार भदौ १० गतेदेखि १७ गतेभित्र २६ वटा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढेर ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको हो । 

अघिल्लो दुई हप्ता बैंकिङ निक्षेपमा स्थिरता कायम हुँदै बैंकहरुको खातामा ४४ खर्ब २६ अर्ब रुपैयाँ जम्मा भएको थियो । यद्यपि, अघिल्लो हप्ता अर्थात् भदौ ३ गतेदेखि १० गतेभित्र बैंकहरुले दुई अर्बले कर्जा लगानी बढाएका थिए भने यस हप्ता ११ अर्बले निक्षेप बढ्दा पनि जम्मा १ अर्बले मात्र कर्जा लगानी वृद्धि गरेका छन् ।

संघको रिपोर्ट अनुसार अघिल्लो हप्ताको तुलनामा यस हप्ता बैंकहरुले १ अर्ब रुपैयाँले कर्जा बढाउँदै कुल ४१ खर्ब ८१ अर्ब रुपैयाँले लगानी गरेका छन् । यस्तो कर्जा लगानी बैंकहरुले भदौ ३ गतेसम्म ४१ खर्ब ७८ अर्ब र भदौ १० गतेसम्म ४१ खर्ब ८० अर्ब रुपैयाँ गरेका थिए । पछिल्लो समय बैंकहरुमा क्रमशः निक्षेप बढ्दै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप