सामसङको ग्यालेक्सी ए१३ लन्च
सामसङले आफ्नो नयाँ उत्पादन सामसङ ग्यालेक्सी ए१३ लन्च गरेको छ। यो फोन ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन भएको कम्पनीको दाबी छ । क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेज जस्ता विशेषता फोनमा रहेको छ । क्वाड क्यामेराको माथिल्लो भागमा ५० मेगापिक्सेलको मेन क्यामेरा छ, जसमा ५ मेगापिक्सेल अल्ट्रावाइड र २ मेगापिक्सेल डेप्थ र म्याक्रो सेन्सरहरू छन् । साथै अगाडि ८ मेगापिक्सेल सेन्सरहरू छन् ।
यो फोनमा भएको स्टोरेजको विकल्पहरूले सामान्य रूपमा डेटा र कन्टेन्टकोलाइ राम्रो ब्याकअप बनाउने कम्पनीको भनाइ छ । सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी ए१३ हाम्रो पोर्टफोलियोमा उत्कृष्ट थपिएको छ। यो यन्त्र युवा सिर्जनाकर्ताहरूका लागि एकदमै उपयुक्त छ, जसले सामाजिक प्लेटफर्महरूमा सधैं आफ्नो र आफ्नो सीपको बारेमा अभिव्यक्ति दिन्छन्।’
२१ हजार ४९९ बाट सुरु हुने मूल्यमा सबै सुविधा भएकाले युवाहरूका लागि यो ठूलो प्रोत्साहन हुने कम्पनीको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो