भारतीय सेनाध्यक्ष र प्रधानसेनापतिबीच जंगी अड्डामा भेटवार्ता

नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको बिचमा भेटवार्ता भएको छ । सोमबार जंगी अड्डामा दुई देशका सैनिक प्रमुखको बिचमा भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापतिलाई भेट्नुअघि पाण्डेले टुँडिखेल स्थित सैनिक मञ्चमा वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानसेनापति सँग भेट्नुअघि भारतीय सेनाध्यक्षलाई जंगी अड्डामा गार्ड अफ अनर प्रदान गरिएको थियो । सम्मान गारत निरीक्षण पछि दुई देशका प्रमुखको बिचमा भेटघाट सुरु भएको नेपाली सेनाले जनाएको छ ।
सोमबार भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई हुने सहयोग पनि घोषणा हुनेछ । सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ । सो समारोह शीतल निवासमा हुनेछ ।
नेपाल र भारतबीच १९५१ देखी एकअर्का देशका सेना प्रमुखलाई मानार्थ सैनिक प्रमुखको दर्जा प्रदान गर्ने चलन छ । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो मानार्थ महारथीको सम्मान लिएका थिए । पाण्डे नेपाली सेनाको महारथी पाउने १९ औँ भारतीय सेना प्रमुख हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ज्ञानेन्द्र : ‘मौकामा चौका हान्न’ समर्थक उचाल्ने प्रयास !
-
सप्तकोशी नदी किनारबाट १८० किलो गाँजा बरामद
-
भाषा हराएमा समाज कमजोर हुनसक्छ : सभापति देउवा
-
सम्बन्ध विच्छेदको हल्लाबारे के भन्छिन् मिशेल ?
-
पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी
-
जनतासँग माओवादी तराई मधेस जागरण अभियान पुन: सुरु