‘कमेडी क्लब विथ च्याम्पियन्स’ अब विक्की अग्रवालले निर्देशन गर्ने

person explore access_timeभदौ २०, २०७९ chat_bubble_outline1

कमेडी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ अब विक्की अग्रवालले निर्देशन गर्ने भएका छन् । ‘कमेडी क्लब विथ च्याम्पियन्स’ को टिमले आइतबार सफलताको सेलिब्रेशन गर्न आयोजना गरिएको शो कार्यक्रममा यो जानकारी दिइएको हो ।


पहिलेको १० भागसम्म विक्कीले नै निर्देशन गरेको शो को बाँकी भाग विशालले अगाडि बढाएका थिए । शो प्रसारणको २६ भाग पुगेको अवसरमा केक समेट काटिएको थियो । तर, अब बाँकी भाग विक्कीले नै सुरु  गर्ने भएका हुन् ।



कार्यक्रममा शोका निर्देशक विशाल भण्डारीले सुरुवातमा कार्यक्रमलाई अगाडि बढाउन केही गाह्रो भएपनि अहिले दर्शकको माया पाउँदा खुशी लागेको बताए । सुरुवातमा युट्युबमै भ्युज नपाउँदा समस्या भएपनि अहिले हरेक शो १० लाख भन्दा बढीले युट्युबमा हेरेको भन्दै उनले नयाँ नयाँ सोचका साथ शोलाई अगाडि बढाउने बताए ।



कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका हाँस्य कलाकार दीपकराज गिरीले भने–‘पहिलो भागमा म अतिथिको रुपमा पुगेको थिएँ । सो समयमा कलाकारहरुले मलाई हसाउन सकेनन् । तर, अहिले शो गज्जब तरिकाले अगाडि बढिरहेको छ । यो शोमा सहभागी भाइ बहिनीहरुको प्रगति देखेर खुशी लागेको छ ।’

यस्तै, शोकी अध्यक्ष दीपाश्री निरौलाले पनि नयाँ पुस्ताले कमेडीलाई नयाँ तरिकाले अगाडि बढाएको भन्दै खुशी व्यक्त गरिन् । उनले शोमा काम गर्दा पारिवारिक वातावरणमा रमाइलो शैलीमा काम गर्ने गरेको पनि खुलाइन् । शोमा सुमन कार्की, कैलास कार्की, पवन भट्टराई, उषा रजक, उमेश राई, साजन श्रेष्ठ, विक्की अग्रवाल, मेक्सम गौडेलले आफ्नो प्रस्तुति दिँदै आएका छन् । सफलता सेलिव्रेशन कार्यक्रममा सबै कलाकारहरुले दर्शकले दिएको माया कारण हरेक साता केही नयाँ गर्न मन लाग्ने सुनाए । 

कि एड्भटाइजिङ र थर्ड आई प्रोडक्शनसँग मिलेर यो शो निर्माण गरेको हो । यो शो आउँदो बर्षको असार मसान्तसम्म चल्नेछ । 

कमेन्ट

  1. Sept. 6, 2022, 11:27 a.m. बिरेन्द्र श्रेष्ठ
    सो जस्ले चलायपनी राम्रो नै लाग्छ हामी दर्सकहरुलाई । बिसाल दाईले पनि राम्रै प्रतिक्रिया दिनुभाको छ , अब बिक्की दाईले पनि राम्रो नै गर्नुहुन्छ । बिक्की दाईको आम्मा कस्सम या दुख्छ पनि राम्रो छ । हामी हजुर हरुको सफलता हसायर सबैलाई खुसी पार्ने सो सधै भरी साथमै रहेर हेर्नेछौ । 👏👏👏👏👏सुभकामना कमेडी क्लब विथ च्याम्पियन्स 🙏🇳🇵
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।