शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लमजुङमा अलैंची टिप्न सुरु

सोमबार, २० भदौ २०७९, १० : ५१
सोमबार, २० भदौ २०७९

लमजुङका अलैंची किसान अलैंची टिप्न ब्यस्त छन् । पढ्न र बालबच्चा पढाउन शहर झरेकाहरु अलैंची टिप्न सुरु भए सगै गाउँ फर्कीएका छन् ।  जिल्लाको सात सय मिटरदेखि १२ सय मिटर उचाइमा लगाइएको अलैँची टिप्न सुरु गरिएको हो।

यतिबेला  जिल्लाको  बाहुनडाँडा, ताराचोक शेरा, कुप्लिङ र दुराडाँडालगायतका ठाउँमा अलैंची टिप्ने व्यस्तता छ। जिल्लामा लगाइएको डम्बरशाही, जिर्मले र साउने जातको अलैंची टिप्न सुरु गरिएको नेपाल अलैंची व्यावसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताए। 

भुलभुले, लुदी, छिनखोलासहित बाँझाखेत, घाम्राङ, घनपोखरा, खुदी, गौँडा, इलमपोखरी, दुधपोखरी, बन्सार, ढोडेनी, फलेनीलगायतका पाखाहरुमा व्यवसायिक अलैंची खेति गरिएको छ । लमजुङमा एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार गरिएको छ। जिल्लामा १५ हजार भन्दा बढी कृषकले व्यवसायीक अलैंची खेती गर्दै आएका छन्।

पछिल्लो समय लमजुङ अलैँची हबका रूपमा समेत परिचित हुँदै गएको छ। लमजुङको अलैंची गुणस्तरीय हुने भएकाले जिल्ला बाहिरका अलैंची कृषकसहित भुटानका अलैंची व्यापारीसमेत अलैंची हेर्न लमजुङ आउने गर्दछन् । अलैंची खेती बिस्तार भएसँगै गाउँगाउँमा अलैंची खेती हेर्नकै लागि आन्तरिक पर्यटक पुग्ने गरेको अलैंची किसानहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप