बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

खप्तड लघुवित्तको आईपीओ बाँडफाँट

सोमबार, २० भदौ २०७९, १० : ४६
सोमबार, २० भदौ २०७९

खप्तड लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । भदौ ८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुलेको कम्पनीको आईपीओ आज सोमबार बाँडफाँट भएको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओमा १८ लाख ८३ हजार ११८ जनाको आवेदन परेको थियो । जसमध्ये १ लाख ४४ जनाको आवेदन अयोग्य बनेको क्यापिटलले जनाएको छ ।

१७ लाख ८३ हजार ७४ योग्य आवेदनमध्येबाट १२ हजार ३४० जनाले कम्पनीको सेयर पाएका छन् । उनीहरूले प्रतिव्यक्ति १० कित्ताका दरले खप्तड लघुवित्तको सेयर पाएका हुन् । कम्पनीले भदौ ८ देखि १२ गतेसम्म १ लाख ३२ हजार कित्ता सेयर बिक्री खुलाएको थियो । जसमा २ हजार कित्ता कर्मचारीका लागि र ६ हजार ६०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप