साउनमा ५ करोडको खानेपानी निर्यात
सोमबार, २० भदौ २०७९, १० : २९
नेपालबाट चालू आर्थिक वर्ष २०७९/८० को साउन महिनामा ५ करोड ७७ लाख ३४ हजार रुपैयाँ बराबरको खानेपानी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पहिलो महिनाको तथ्यांकअनुसार उक्त मूल्य बराबरको ९ लाख ९८ हजार लिटर पानी निर्यात भएको हो ।
यस अवधिमा नेपालबाट निर्यात भएको सबै पानी भारततर्फ गएको विभागले जनाएको छ । यस्तै, सोही अवधिमा नेपालबाट १५ लाख ५३ हजार रुपैयाँ बराबरको इनर्जी ड्रिंक समेत निर्यात भएको छ । नेपालबाट चालू वर्षको पहिलो महिनामा निर्यात भएको इनर्जी ड्रिंक समेत सम्पूर्ण भारततर्फ नै निर्यात भएको छ । गत आर्थिक वर्षमा नेपालबाट भारत, कतार र चीन तथा दक्षिण कोरियातर्फ खानेपानी निर्यात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि