बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

क्यानडामा चक्कु प्रहार गर्ने यी हुन् दुई संदिग्ध

सोमबार, २० भदौ २०७९, ०८ : ४७
सोमबार, २० भदौ २०७९

क्यानडाको सेन्ट्रल सास्काचेवान प्रान्तमा चक्कु प्रहारबाट कम्तीमा १० जनाको मृत्यु भएको र १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

यस हमलामा विभिन्न १३ स्थानमा मानिस मारिएका छन् । यसमा जेम्स स्मिथ क्री नेसन र वेल्डन समावेश छन् । यस हमलामा संलग्न दुई संदिग्धको नाम ३१ वर्षीय डेमेन स्यान्डरसन र ३० वर्षीय मिल्स स्यान्डरसन हो । दुवै अझै लुकेर बसेका छन् । यिनिहरु हतियारधारी रहेको र खतरनाक मानिएका छन् ।

वरपरका बासिन्दाहरूलाई घरभित्रै बस्न भनिएको छ । प्रहरीले शंकास्पद व्यक्तिलाई पक्राउ गर्न व्यापक खोजी कार्य गरिरहेको छ । सेसकेचवानको रोयल क्यानेडियन माउन्टेड पुलिसले ट्वीट गर्दै भनेको छ, ‘सुरक्षित आश्रयस्थान नछोड्नुहोस् र सावधानीको रूपमा, कसैलाई आफ्नो घरमा प्रवेश गर्न नदिनुहोस् ।’

प्रहरीले विभिन्न ठाउँमा चेकपोस्ट राखेको छ । प्रहरीले यात्रुहरुको कडा निगरानी गरिरहेको छ । चालकलाई कसैलाई लिफ्ट नदिन आग्रह गरेको छ । जेम्स स्मिथ क्री नेसनमा आपतकालिन अवस्था लागू गरिएको छ । यहाँ उत्तरपूर्वमा वेल्डन गाउँ छ, जुन यहाँका बासिन्दाहरूका लागि सुरक्षित छ । यस क्षेत्रमा प्रहरीले सबैको मोबाइलमा अलर्ट पठाएको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणलाई भयानक भएको बताएका छन् । ट्रुडोले भने, ‘म यस हमलामा आफ्ना प्रियजन गुमाएका र घाइते भएकाहरूप्रति चिन्तित छु ।’

आइतबार साँझ प्रहरीले पत्रकार सम्मेलन गरी यस आक्रमणमा घाइतेको संख्या बढी हुन सक्ने बताएको छ । घाइतेलाई आफैँ भर्ना गर्ने परिवारलाई प्रहरीले तत्काल सम्पर्कमा आउन भनेको छ ।

रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) का कमान्डिङ अफिसर रोन्डा ब्ल्याकमोरले दुई संदिग्धहरूले केही व्यक्तिहरूलाई जानाजानी निशाना बनाएको हुन सक्ने र  अरूलाई भने अन्धाधुन्ध रूपमा आक्रमण गरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप