शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारत पाकिस्तानसँग पराजित

आइतबार, १९ भदौ २०७९, २३ : ४६
आइतबार, १९ भदौ २०७९

एसिया कप क्रिकेटमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ ।  आइतबार राति भएको खेलमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो ।  दुबई अन्तर्राष्ट्रिय मैदानमा भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाउँदै १८२ रन बनायो ।  पाकिस्तानका लगि मोहम्द रिजवानले ७१ रनको अर्धशतकीय पारी खेले । 

५१ बल खेलेका उनले ६ चौका र २ छक्का लिए ।  त्यस्तै मोहम्द नवाजले ४२ रन बनाउँदा आसिफ अलीले १६ रन बनाए ।  भारतका लागि भुवनेश्वर कुमार, अर्सदीप सिंह, रवी विश्नोइ, हार्दीक पाड्या र युजभेन्द्र चहालले समान एक–एक विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो ।  भारतका लागि कोहलीले ६० रनको अर्धशतकिय पारी खेले ।  ४४ बल खेलेका उनले ४ चौका १ छक्का प्रहार गरे । त्यस्तै केएल राहुल र रोहित शर्माले २८–२८ रनको योगदान गरे ।

पाकिस्तानका लागि सहाब खानले दुई विकेट लिए । आजको खेलमा पाकिस्तानले जित निकाल्दै सुपर चारमा आफूलाई बलियो बनाएको छ ।  यता भारतले सुपर चारमा पहिलो हारसँगै सुरुवात गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप