मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेद्वारा बारामा ४ संघीय निर्वाचन क्षेत्रमा ७ जनाको नाम सिफारिस

आइतबार, १९ भदौ २०७९, २३ : २३
आइतबार, १९ भदौ २०७९

आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले बाराको ४ वटा संघीय निर्वाचन क्षेत्रमा ७ जनाको नाम सिफारिस गरेको छ । नेकपा एमालेको ४ वटै क्षेत्रको आज बसेको बैठकले प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं २ र ४ मा एकल नाम सिफारिस गरेको छ भने निर्वाचन क्षेत्र नं १ मा २ जना र ३ मा ३ जनाको नाम सिफारिस गरेको छ । 

आज बसेको क्षेत्रीय कमिटी बैठकले क्षेत्र नं १ को लागि अच्युत मैनाली र पुरुषोत्तम पौडेल, क्षेत्र नं २  मा वलवीर चौधरी, क्षेत्र नं ३ मा ज्वाला साह, अध्यानन्द पाण्डे र एम सम्मुल्लहा र क्षेत्र नं ४ को लागि देवनारायण चौधरीको नाम सिफारिस गरेको छ । पार्टीले अगामी निर्वाचनका लागि सिफारिस गरेका नाममध्ये अच्युत मैनाली, अध्यानन्द पाण्डे र देवनारायण चौधरी २०७४ को निर्वाचनमा पराजित उम्मेदवार हुन्  । 

२०७४ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य रहेकी ज्वाला साहले बारा निर्वाचन क्षेत्र नं ३ (क) मा प्रदेशसभा सदस्यमा  कांग्रेसका रामानन्द यादवलाई एकहजार मतअन्तरले पराजित गरेकी थिइन् । पूर्व माओवादी साह हाल नेकपा एमाले प्रवेश गरेर पोटिलब्युरो सदस्य छिन् । एमाले अध्यक्ष केपी ओली निकट रहेका साहको नाम प्रदेशसभा सदस्यवाट यसपटक संघिय सासंदमा सिफारिस भएको हो ।

त्यसैगरी निर्वाचन क्षेत्र नं १ मा सिफारिस भएका उम्मेदवार अच्युत मैनाली २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उमाकान्त चौधरीसँग पराजित भएका थिए । चौधरी हाल खानेपानी तथा सरसफाई मन्त्री छन् । त्यसैगरी क्षेत्र नं ३ को लागि सिफारिस भएका अध्यानन्द पाण्डे पनि २०७४ को निर्वाचनमा तेस्रो स्थानमा पुगेको थिए । सो क्षेत्रमा तत्कालिन संघिय समाजवादी फोरमबाट रामबाबु यादव विजयी भएका थिए । यादवपछि भने दोस्रो स्थानमा नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मंसुर हुन् । 

निर्वाचन क्षेत्र नं ४ मा भने तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) का एकवाल मियाँ निर्वाचित भएका थिए । बाम गठबन्धनको तर्फवाट एमाले उम्मेदवार देवनारायण चौधरी १ हजार ६६८ मतले पराजित भएका थिए । एमालेले बाराको ४ वटा संघिय निर्वाचन क्षेत्रमा उम्मेदवारहरुको नाम सिफारिस गरेसँगै कस्को  प्रतिष्पर्धा को सँग हुने भन्ने अहिले निश्चित भएको छैन् । 

गठबन्धनका दलहरु बिच टिकटको बाडफाँडको टुंगो नलगाएसम्म एमाले इतरका दलहरुले पनि आ–आफ्नो आकांक्षी उम्मेदवारहरुको नाम माथिल्लो निकायमा सिफारिस गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप