बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

हकिन्सको सम्झनामा भावुक बने ग्रोहल

आइतबार, १९ भदौ २०७९, २१ : २५
आइतबार, १९ भदौ २०७९

ड्रमर टेलर हकिन्सको गत मार्चमा निधन भएपश्चातको पहिलो कन्सर्टमा फू फाइटर्सका फ्रन्टम्यान डेभ ग्रोहल भावुक बनेका छन् । कन्सर्टमा उनले आँशु थाम्न सकिरहेका थिएनन् । 

यसअघि ग्रोहलले हकिन्स आफ्नो प्रिय मित्र, ब्यान्डका सदस्य र भाइ रहेको बताएका थिए । हकिन्सले जस्तो आफूलाई कसैले हसाउन, नचाउन र गाउन लगाउन नसक्ने उनको भनाई थियो । हकिन्सको सम्मानमा लण्डनको वेम्बले स्टेडियमा आयोजना गरिएको विभिन्न स्टारहरु सम्मिलित कन्सर्टमा उनले सो कुरा बताइरहेका थिए । 

हकिन्स गत मार्चमा कोलम्बिायको बोगोटामा हुने कन्सर्टअघि आफ्नो होटलको कोठामा मृत भेटिएका थिए । उनी ५० वर्षका थिए । उनको मृत्युको कार उनको शरीरमा १० वटा विभिन्न प्रकारका लागु औषधको कणहरु फेला परेका थिए । अनुसन्धानकर्ताहरुले लागु औषधकै कारण उनको मृत्यु भएको खुलाएनन् । शनिबार आयोजना गरिएको कन्टसर्टमा सर पाउल मकार्टनी, क्वीन, एसीडीसी, लियाम गालागरलगायत रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप