आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आइतबार, १९ भदौ २०७९, २१ : १६
आइतबार, १९ भदौ २०७९

बागलुङ नगरपालिका तत्कालीन उपप्रमुख सुरेन्द्र खड्का र प्रशासकीय अधिकृतसहित ५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले रातोपाटीलाई बताए । 

प्रदेश सरकारले तोकेको भन्दा कम दररेट राखेर नदीजन्य पदार्थको कर संकलन गर्दा कर उठाई मिलेमतो गरी नगरपालिकालाई हानी नोक्सानी गरेको आगोगको ठहर छ । तोकेको दरमा सूचना प्रकाशन गरेर ठेक्का लगाउनुपर्नेमा सो नगरी बिक्री वितरण दर घटी निर्धारण गरेर राजस्व संकलन गर्दा नागरपालिकालाई १७ लाख ४० हजार हानी गरेको आयोगको अनुसन्धान निष्कर्ष छ ।

आयोगले तत्कालीन उपप्रमुख सुरेन्द्र खड्कालाई ३४ लाख ८० हजार,  तत्कालीन वडाअध्यक्ष जीवन आचार्यलाई ३४ लाख ८० हजार र  प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर र निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्यायसँग सोही परिणाममा बिगो माग दावी लिएको छ ।  राजस्व शाखाका सदस्य सचिवविरुद्ध पनि समान बिगो मागदावी लिएको प्रवक्ता भण्डारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप