शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पर्यटनमन्त्रीसँग विवाद गर्ने सुरक्षागार्डलाई ५ दिन थुनामा राख्न अनुमति

आइतबार, १९ भदौ २०७९, २० : ४९
आइतबार, १९ भदौ २०७९

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री जिवनराम श्रेष्ठसँग विवाद गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्डलाई जिल्ला प्रशासन कार्यालयले ५ दिन थुनामा राख्न अनुमति दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले छायाँ सेन्टरका सुरक्षा गार्ड शेरजंग गुरुङलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।

क्यानडा जानका लागी पत्नीको बायोमेट्रिक गराउन ठमेलस्थित छायाँ सेन्टरमा पुगेका मन्त्रीलाई सुरक्षा गार्ड गुरुङले लाइनमा बस्न आग्रह गरेका थिए । त्यसपछि मन्त्रीका पिएसओ, मन्त्री र सुरक्षा गार्डको बीचमा धकेलाधकेल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

सुरक्षा गार्डलाई प्रहरी वृत दरबारमार्गमा राखेर मुद्दा चलाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए । सुरक्षा गार्ड गरुड सेक्युरिटीबाट छायाँ सेन्टरमा खटिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप