पर्यटनमन्त्रीसँग विवाद गर्ने सुरक्षागार्डलाई ५ दिन थुनामा राख्न अनुमति
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री जिवनराम श्रेष्ठसँग विवाद गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्डलाई जिल्ला प्रशासन कार्यालयले ५ दिन थुनामा राख्न अनुमति दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले छायाँ सेन्टरका सुरक्षा गार्ड शेरजंग गुरुङलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।
क्यानडा जानका लागी पत्नीको बायोमेट्रिक गराउन ठमेलस्थित छायाँ सेन्टरमा पुगेका मन्त्रीलाई सुरक्षा गार्ड गुरुङले लाइनमा बस्न आग्रह गरेका थिए । त्यसपछि मन्त्रीका पिएसओ, मन्त्री र सुरक्षा गार्डको बीचमा धकेलाधकेल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
सुरक्षा गार्डलाई प्रहरी वृत दरबारमार्गमा राखेर मुद्दा चलाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए । सुरक्षा गार्ड गरुड सेक्युरिटीबाट छायाँ सेन्टरमा खटिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण