बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

बाबुरामले भने–निर्वाचन घोषणापछि तलबभत्ता नलिऊॅ तर राजनीतिक रिक्तता सिर्जना नगरौं !

आइतबार, १९ भदौ २०७९, २० : ४१
आइतबार, १९ भदौ २०७९

नेपाल समाजवादी पार्टीका अध्यक्षमा डा. बाबुराम भट्टराईले निर्वाचन घोषणापछि संसदलाई निष्क्रिय राखेर तलबभत्ता नदिन र नलिन भनेका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष भट्टराईले राजनीतिक रिक्तता सिर्जना नगर्न पनि आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘विगतमा प्रतिनिधिसभा रिक्त रहँदा लोकतन्त्र धरापमा पार्ने हर्कत भएको कटु अनुभवबाट सिकेर संविधानसभामा वृहद छलफल गरेरै अर्को निर्वाचित सभा नबनेसम्म पुरानै कायम राख्ने सहमति भएको हो । बरु निर्वाचन घोषणा भएपछि संसद निष्क्रिय राखौं र तलबभत्ता नदिऊॅरनलिऊॅ तर राजनीतिक रिक्तता सिर्जना नगरौं !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप