बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट चोरी पैठारी गरी ल्याइएको ४० बोरा चिनी बरामद

आइतबार, १९ भदौ २०७९, २० : २५
आइतबार, १९ भदौ २०७९

जिल्ला प्रहरी कार्यालय झापाले भारतबाट अवैध रुपमा चोरी पैठारी गरी ल्याइएको ४० बोरा (२० क्विन्टल) चिनी बरामद गरेको छ । आइतबार बाह्रदशी गाउँपालिका–३, राजगढ बजारस्थित पशु हाटको खाली सार्वजनिक स्थानमा राखिएको चिनी बरामद गरिएको हो ।

प्रहरीका अनुसार बरामद चिनीको बजार मूल्य अन्दाजी एक लाख ३० हजार रुपैयाँ छ । उक्त चिनी भद्रपुर भन्सार कार्यालयमा आवश्यक कारवाहीका लागि बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार आइतबार दिउँसो इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले उक्त चिनी बरामद गरेको हो । चिनी कसले ल्याएको हो भन्ने खुलेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप