‘लालसिंह चड्डा बकवास फिल्म थियो, बहिष्कारले होइन झुर कथाका कारण फ्लप भयो’
पछिल्लो समय प्रदर्शनमा आएका कुनै पनि बलिउड फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । केही समयअघि हलमा लागेको बलिउड स्टार आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ पनि नराम्ररोसँग फ्लप भयो ।
फिल्म प्रदर्शनमा आउनुअघि यसलाई बहिष्कार गर्नुपर्ने माग समाजिक संजालमा व्यापक बनेको थियो । केहीले फिल्मको असफलताको लागि बहिष्कारको लहर पनि जिम्मेबार रहेको बताएका छन् ।
बलिउड निर्देशक तथा अभिनेता प्रकाश झाले यस विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले आमिरको लाल सिंह चड्डा बहिष्कारको कारण नभई खराब कथाको कारणले असफल भएको बताएका छन् ।
‘फिल्म पैसा, करपोरेट र अभिनेतालाई उच्च पारिश्रमिक दिएर मात्र सफल बन्दैन । बुझिने र मनोरञ्जन दिने राम्रो कथा पनि आवश्यक पर्छ । तर अहिले उनीहरु बकवास फिल्म बनाईरहेका छन्,’ झाले भने ।
झाले बहिष्कारको सस्कृति पहिलेदेखि रहेको भन्दै लाल सिंह चड्डाको फिल्मको असफलतामा यसको प्रभाव नपरेको बताए ।
‘यदी दंगल, लगान असफल भएको भए कथा राम्रो भएको फिल्मलाई पनि बहिष्कारले प्रभाव पारेछ भन्न हुन्थ्यो । तर मैले यो फिल्म हेरेर वा कति राम्रो भन्ने एक जना पनि भेटेको छैन,’ झाले भने ।
‘कथा छैन भने फिल्म नबनाऊँ’
प्रकाशले बलिउडमा बढेको रिमेकको प्रवृतिप्रति असन्तुष्टि जनाए । कुनै चलचित्रकर्मीसँग सुनाउन नयाँ कथा सुनाउन नभएमा फिल्म बनाउन बन्द गर्नुपर्ने उनले बताए ।
‘अहिले बलिउडकर्मी अल्छी भएका छन्, मौलिक कथामा काम गर्न चाहँदैनन् ,’ प्रकाशले भने ।
पछिल्लो समय प्रकाश उनको आगामी फिल्म ‘मट्टो की साइकल’को प्रचारमा व्यस्त छन् । फिल्म १६ सेप्टेम्बरमा रिलिज हुनेछ । आमिर खानको फिल्म लाल सिंह चड्डा सन् १९९४ मा रिलिज भएको हलिउड फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक रिमेक हो । तर फिल्म फ्लप भएपछि आमिर खान स्तब्ध भएको र फिल्मको असफलताको जिम्मा आफूले लिने बताएको खबर आएको छ ।
मिडिया रिपोर्टका अनुसार फिल्मका कारण वितरकलाई धेरै नोक्सान भएको र तिनले निर्मातासँग क्षतिपूर्ति मागेका छन् । आमिर आफैं यस फिल्मका सह–निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा