पोखरामा ३९ भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण
आइतबार, १९ भदौ २०७९, १८ : २३
कास्कीको पोखरामा आइतबार ३९ भूमिहीन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १४, १९, २८ र ३१ का गरेर ३९ भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण गरिएको हो ।
सो क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले अलिहेको सरकारले राष्ट्रिय भूमिआयोग मार्फत वितरण भइरहेको लालपूर्जा खारेज नहुनेमा ढुक्क हुन आग्रह गरिन् । उनले सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर भूमिहिन सकुम्वासीलाई लालपूर्जा वितरण गरिएको र यो अभियान निरन्तर जारी रहने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या