आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

आइतबार, १९ भदौ २०७९, १८ : ०२
आइतबार, १९ भदौ २०७९

प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

विधेयकमाथिको सामान्य छलफलमा सांसद मीनबहादुर विश्वकर्मा, शेरबहादुर तामाङ, गोकुलप्रसाद बाँस्कोटा, दिव्यमणिराज भण्डारी र यशोदा गुरुङ सुवेदीले बोलेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २१ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप