हिमालयन बैंक एक्सिलेन्सी अवार्डबाट सम्मानित
हिमालयन बैंक एक्सिलेन्सी ईन पीओएस एकुरिङ बिजनेश, २०२२ अवार्डबाट सम्मानित भएको छ । हालै राजधानीमा सम्पन्न एक कार्यक्रमकाबीच राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगानाले बैंकलाई उक्त अवार्ड प्रदान गरेकी हुन् ।
एक्सिलेन्सी अवार्ड भुक्तानी माध्ययम एटीएम, पिएसओ तथा ई–कर्मस गेटवे सम्बन्धि अवार्ड हो । विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टर कार्ड, युनियनपे तथा भिसा कार्ड नेपालमा हिमालयन बैंकले मात्र प्रयोग गर्दै आएको छ ।
बैंकले केही वर्षयता सो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । हिमालयन बैंकले विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्विकार गर्ने गर्दछ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटीएम, पिओएस तथा ई–कमर्स गेटवे मार्फत बैंकले भुक्तानीको कारोबार स्वीकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई निकै सहज भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३८.८१ अंकले बढ्यो नेप्से, ९ अर्ब ३१ करोडको कारोबार
-
कीर्तिपुरमा सहयोग गर्ने विषयमा रास्वपाभित्र तीनथरी मत
-
एमालेलाई १ लाख जरिवाना प्रकरण : कार्यक्रमको भोलिपल्ट पार्टीको झण्डा र रक्सीका बोतलसहित दुई ट्रक फोहोर संकलन
-
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ
-
सौर्य एयरलाइन्स दुर्घटना : पीडितले दिए संसदीय समितिमा उजुरी
-
चितवनमा मंगोलियन हर्टले कन्सर्ट गर्ने