नयाँ स्टक एक्सचेञ्जका लागि बाटो खुल्दै, संशोधित मस्यौदा मन्त्रिपरिषद्मा
धितोपत्र बजारमा नयाँ स्टक एक्सचेञ्ज ल्याउने तयारी करिब अन्तिम चरणमा प्रवेश गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेञ्जको लागि धितोपत्र बजार सञ्चालक नियमावली, २०६४ संशोधनका लागि स्वीकृत गरेको हो ।
संशोधित नियमावली अर्थमन्त्रालय पठाइसकेको र मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेश भएको प्रस्ताव स्वीकृत भए उक्त नियमावलीले आधिकारिकता पाउनेछ । सोपछि नयाँ स्टक एक्सचेन्जका लागि बाटो खुल्नेछ ।
नयाँ स्टक एक्सचेञ्जका लागि पेड अफ क्यापिटल (चुक्ता पुँजी) तीन अर्ब रुपैयाँ प्रस्ताव गरिएको छ । यसअघि धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को पहिलो संशोधन २०६७ अनुसार धितोपत्र बजार सञ्चालक (स्टक एकचेञ्ज)को न्युनतम चुक्ता पूँजी ५ करोड रुपैयाँ मात्र तोकिएको थियो ।
संशोधित मस्यौदाले बैंक तथा वित्तीय संस्थाहरुले मात्र नभएर अन्य संस्थागत लगानीकर्ताहरुले समेत लगानी गर्न सक्ने गरी नयाँ एक्सचेञ्जको प्रस्ताव गरिएको धितोपत्र बोर्डले जनाएको छ । हाल बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचिकृत संगठित संस्थाले मात्र स्टक एक्सचेञ्जको सेयरमा लगानी गर्न सक्ने व्यवस्था छ ।
हाल बजारमा एउटा मात्र स्टक एक्सचेञ्ज हुँदा मनोपोलि चलेको भन्दै व्यवसायीहरुले मात्र नभएर आम लगानीकर्ताहरुले समेत नयाँ स्टक एक्सचेञ्जको माग गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय जनसंख्या नीति परिमार्जन गर्न मस्यौदा बनिसक्यो : स्वास्थ्य मन्त्रालय
-
चार्जिङ स्टेसनमा लगानी बढाउँदै निजी क्षेत्र, ६०० वटा स्टेसन बनाउन अनुमति माग
-
गरिखाउन् भनेर भरथेग दिएका पार्टीहरूले गरी खाएनन् : प्रधानमन्त्री ओली
-
कृषि विभाग परिसरमा रैथाने बाली प्रदर्शनी हुने
-
धूम ४ मा रणवीरको इन्ट्री
-
आईटी कम्पनीलाई विदेशमा विस्तार गर्ने कानुनी सुधार स्वागतयोग्य : क्यान महासंघ