कृषि अनुदान कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाका तर्फबाट संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले भण्डारा लगायत चितवन जिल्लाका विभिन्न स्थानमा उन्नत जातका गाई तथा र्भैसी पालन गरी दुध तथा दुग्धजन्य वस्तुहरु उत्पादन गर्ने कृषकहरुलाई सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने सहकारी संस्थाले बैंकको सिफारिसमा साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।
उक्त अवसरमा ग्लोबल आइएमई बैंकले स्थानीय किसानहरुलाई डिजिटल बैंकिङ्ग सेवाको मूलप्रभावमा जोड्न वित्तीय साक्षरता सम्बन्धि चेतनामूलक कार्यक्रम पनि संचालन गरेको थियो । कार्यक्रममा तीन सय बढी स्थानीयहरुको उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत : बसमा आगलागी हुँदा १० जनाको मृत्यु, २० जना घाइते
-
मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
-
सभापति लामिछानेमाथि लगाइएको आरोप १०० प्रतिशत निराधार हो : मन्त्री अर्याल
-
गृहमन्त्री लामिछानेविरुद्ध माइतीघरमा आन्दोलन गरिरहेको रित्तो ओछ्यान (तस्बिरहरू)
-
अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
-
चुनौतीका बिच पूर्वराजा शाहको क्यारिकेचर गरेका थिए प्रेमले