शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डकैतीमा संलग्न दुई जना हतियारसहित पक्राउ

आइतबार, १९ भदौ २०७९, १७ : ०५
आइतबार, १९ भदौ २०७९

 प्रहरीले बाराबाट डकैतीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार राति १२ बजेको समयमा जीतपुर सिमरा उपमहानगरपालिका–२३, भलुहीस्थित एरोटेक प्रा.लि.मा १०÷१२ जना डाँका हात–हतियार सहित प्रवेश गरी धनमाल लुटपाट गरेको सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–९ बस्ने वर्ष ३५ का जयराम पासवान र सो उपमहानगरपालिका–१० बस्ने वर्ष ४० का जवाहिर महतो छन् ।

ईलाका प्रहरी कार्यालय जीतपुर, बाराबाट प्रहरी वरिष्ठ नायव निरीक्षक कलम बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोली र डाँका समूहबीच जम्काभेट हुँदा डाँकासमूहबाट प्रहरी टोलीलाई लक्षित गरी १ राउण्ड गोली फायर भएको प्रहरीको भनाइ छ । प्रहरीले आफ्नो प्रतिरक्षा स्वरुप ३ राउण्ड गोली फायर गरी डाँकामध्येका दुई जनालाई दुई थान हतियारसहित पक्राउ गरेको जनाइएको छ ।

सो क्रममा प्रहरी वरिष्ठ नायव निरीक्षक कलम बहादुर शाहीको टाउकोमा चोट लागेको र उनलाई उपचारका लागि वीरगंज हेल्थ केयरमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका दुवैलाई डाँका, हातहतियार खरखजाना तथा ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप