बिग मर्जरमा सहकारी : ११ वटा संस्था मिलेर एउटै बन्ने घोषणा
पछिल्लो समय सहकारी संस्थाहरुमा बिग मर्जरको लहर देखिएको छ । गत साता मात्र झण्डै २ दर्जन सहकारी संस्थाहरु मर्जरमा जानेगरी सहमति गरेका छन् । यस्तैमा शनिबार मात्र ११ वटा सहकारी संस्थाहरु मिलेर एउटै संस्था बन्ने घोषणा भएको छ ।
काठमाडौंको न्युरोड स्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था, बालाजु स्थित मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था, बागबजार स्थित सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था, चाबहिल स्थित लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था, तारकेश्वर स्थित योजना बहुउद्देश्यीय सहकारी संस्था, कलंकी स्थित उषाकिरण बचत तथा ऋण सहकारी संस्था, हात्तिसार स्थित माउण्ट अपि बचत तथा ऋण सहकारी संस्था, नयाँबानेश्वर स्थित सुर्यदेव बचत तथा ऋण सहकारी संस्था, न्युरोड स्थित हनुमानढोका बहुउद्देश्यीय सहकारी संस्था, न्युरोड कै अर्को दुर्गामाश्रिता बचत तथा ऋण सहकारी संस्था र पिपुल श्रोता बहुउद्देश्यीय सहकारी संस्थाबीच मर्जरको सहमति भएको हो ।
एकीकरणपछि बन्ने एउटै संस्थाको नाम राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था प्रस्ताव गरिएको छ ।
संस्थाको मुख्य कार्यालय न्युरोडमा रहनेछ भने ११ जनाको सञ्चालक समिति, ३ जनाको लेखा सुपरिवेक्षण समिति रहनेछ । अध्यक्षमा नरेन्द्र विष्ट र प्रमुख कार्यकारी अधिकृतमा इन्द्रप्रसाद गेलाल रहने प्रारम्भिक सहमती भएको छ ।
एकीकरणपछि संस्थाको कुल ४१ हजार सदस्य हुनेछन् भने कुल कर्मचारी संख्या ५१० जना पुग्नेछ । संस्थाको सेयर पुँजी ५५.५ करोड, बचत निक्षेप ५ अर्ब ६५ करोड, ऋण लगानी ५ अर्ब ७५ करोड, कुल कोष ३१.५ करोड र कुल सम्पत्ती तथा दायित्व ७ अर्ब ७५ करोड हुने प्रस्तावित अध्यक्ष नरेन्द्र बिष्टले जानकारी दिए ।सहकारी संस्थालाई दीगो र सक्षम संस्था बनाउने उद्देश्य सहित एकीकरण सम्झौता गरिएको अध्यक्ष बिष्टले जानकारी दिए ।
बिष्ट हालको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् । एकीकरणमा जाने सहकारीहरुले एक महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गर्ने र त्यसको १५ दिन भित्र एकीकृत साधारण सभा सम्पन्न गर्ने समेत सम्झौता गरेका छन् । गत शनिबार ५ वटा र यस शुक्रबार १४ वटा सहकारी संस्थाबीच मर्जर भएर दुई वटा संस्था बन्ने गरी मर्जरको घोषणा भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पीडित वर्गलाई समान हक नदिइ देश अघि बढ्न सक्दैन : सभापति देउवा
-
भारतमा फेरि भेटियो स्टारलिंकको इन्टरनेट डिभाइस
-
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
कुशलले कप्तानी जिम्मेवारीमा धेरै विकास गरेको छ : शरद भेषावकर
-
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
-
सत्ता गठबन्धनका एमाले र कांग्रेस निकट कानुन व्यवसायी आमुन्ने सामुन्ने हुँदै