प्रतिनिधि सभाको शून्य समय : डेंगुको फैलावट नियन्त्रण गर्न माग
प्रतिनिधि सभा सदस्य बिनाकुमारी श्रेष्ठले पछिल्लो समय डेंगु देशभर फैलिएको भन्दै डेंगु रोग नियन्त्रणको लागि सरकारले तत्काल पहल गर्न माग गरेकी छन् । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले यस्तो माग गरेकी हुन् ।
उनले जनवरी महिना यता २ हजार २७ जनालाई डेंगु रोग लागेको बताइन् । सांसद श्रेष्ठले अहिलेसम्म देशका ७२ जिल्लामा फैलिएको बताइन् । उनले ललितपुरका डेंगुको बिरामी अत्यधिक रहेको र काठमाडौं धादिङमासमेत फैलिन थालेको बताइन् ।
त्यस्तै प्रतिनिधि सभा सदस्य विन्दा पाण्डेले त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दीमा सरकारको सहभागिता निन्दायोग्य रहेको बताइन् । उनले विश्वविद्यालयमा मौलाएको बेथिति सबैको चिन्ता र चासोको विषय बन्नुपर्छ भनेर जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराउँदा संसदमा छलफल गर्न समेत सरकार तयार नभएको बताइन् । पाण्डेले विश्वविद्यालय सम्बन्धी प्रस्तावलाई कार्यसूचीमा प्रस्तुत गरी समस्याको दीर्घकालीन समाधान खोज्न माग गरिन् ।
सांसद विमला विश्वकर्माले नेपालीहरूको महान पर्वहरु नजिक आएकाले बजारको अत्यधिक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरिन् । उनले बजारमा हरेक खाद्यान्नदेखि डिजेल पेट्रोलको समेत मूल्यवृद्धि भएकाले सामान्य नागरिकलाई बिहान बेलुका दुई छाक टार्नसमेत समस्या भएको बताइन् । उनले पछिल्लो समय रोग सबैतिर फैलिएको डेंगु र मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरिन् ।
त्यस्तै सांसद शक्तिबहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत कर्णाली क्षेत्रका स्थानीय बासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग माग गरे । सांसद शेरबहादुर तामाङले विपद् जोखिम न्यूनीकरण गर्ने प्राधिकरण गठन भएपनि मेलम्ची क्षेत्रमा विपद् व्यवस्थापनमा प्राधिकरण उपस्थित हुन नसकेको बताए ।
शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले डेंगु रोग नियन्त्रण गर्न सरकारले चासो देखाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका २ सचिवलाई थप जिम्मेवारी तोक्ने निर्णय
-
अस्ट्रेलियाका इङ्लिस पञ्जाब र भुवनेश्वर कुमार बेंगलुरुमा, बिक्री भएनन् शाई होप
-
नेपालमा पहिलो पटक लिक्वीफाइड नेचुरल ग्यास आयात गर्ने अनुमति, एलपी ग्यासभन्दा सस्तो
-
इन्डियन प्रिमियर लिग मेगा अक्सन : वासिङ्टन सुन्दर गुजरात र साम कर्रन चेन्नईमा आबद्ध
-
पञ्जाबले सात करोडमा किन्यो दक्षिण अफ्रिकाका मार्को यानसेनलाई, क्रुणाल पाण्ड्या बेंगलुरुमा
-
मानव तस्करी प्रकरणमा लिलाबल्लभलाई उन्मुक्ति