मापसे गरी भाडाको ट्याक्सी चलाउने २ जना चालकलाई मुद्दा
मदिरा सेवन गरेर भाडाको ट्याक्सी चलाउँदै गरेका २ जना चालकलाई ट्राफिक प्रहरीले आवश्यक कारबाहीको लागि सम्बन्धित वृत्तहरूमा पठाएको छ । काठमाडौंको सुकेधाराबाट गएराति ९ बजे, पक्राउ परेका बा२ज ३३४१ नम्बरको ट्याक्सी चालक सुनसरीका ३४ वर्षीय विकास सुनारलाई महाराजगंज वृत्त पठाइएको छ ।
यस्तै, काठमाडौंको कीर्तिपुरबाट बा२ज ६५४ नम्बरको ट्याक्सी चलाउँदै गरेका ललितपुर महानगरपालिका ९ बस्ने ४६ वर्षीय राजेन्द्र महर्जनलाई पनि गएराती साढे ९ बजे नियन्त्रणमा लिएर प्रहरी वृत्त कीर्तिपुर बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनीहरूलाई कारबाही गर्न खोज्दा ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार गरेका थिए । प्रहरी वृत्तहरूमा बुझाइएका दुवै चालकलाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउन म्याद थपका लागि आजै जिल्ला अदालत पठाइएको छ ।
सार्वजनिक सवारी साधनका चालकहरूले मापसे गरेर सवारी साधन चलाउन थालेपछि दुर्घटनाको जोखिम बढेकाले सम्भावित दुर्घटनालाई रोक्नका लागी ट्राफिक चेकजाँचलाई तीव्रता दिइएको समेत प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिप्टो कारोबारमा मुछिएका ४७ जना धरौटीमा रिहा, तीन जना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान
-
बागमतीका २ सचिवलाई थप जिम्मेवारी तोक्ने निर्णय
-
अस्ट्रेलियाका इङ्लिस पञ्जाब र भुवनेश्वर कुमार बेंगलुरुमा, बिक्री भएनन् शाई होप
-
नेपालमा पहिलो पटक लिक्वीफाइड नेचुरल ग्यास आयात गर्ने अनुमति, एलपी ग्यासभन्दा सस्तो
-
इन्डियन प्रिमियर लिग मेगा अक्सन : वासिङ्टन सुन्दर गुजरात र साम कर्रन चेन्नईमा आबद्ध
-
पञ्जाबले सात करोडमा किन्यो दक्षिण अफ्रिकाका मार्को यानसेनलाई, क्रुणाल पाण्ड्या बेंगलुरुमा