बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘सिड्स फर द फ्युचर’मा नेपाली टीम सहभागी

आइतबार, १९ भदौ २०७९, १६ : २१
आइतबार, १९ भदौ २०७९

ह्वावेको विश्वव्यापी फ्ल्यागसिप कार्यक्रम ‘सिड्स फर द फ्युचर’ नेपाली टोलीको पनि सहभागिता रहेको छ । जसअनुसार गत अगस्ट १८ मा प्रतिस्पर्धात्मक आवेदन प्रक्रियाबाट छनोट भएका नेपालका ७ जना विद्यार्र्थी पहिलो पटक क्षेत्रीय ‘अनसाइट कार्यक्रम’ मा सहभागी हुन थाइल्याण्ड प्रस्थान गरेका थिए  ।

सो क्रममा उनीहरूले मेटाभर्स , ५जी, ए आइ र क्लाउडको बारेमा सिकेका थिए । यस्तै अगस्ट २७ मा भएको टेक फर गुडम प्रतियोगितामा अद्वैत विजयी प्रोजेक्टहरू मध्ये एक थियो। एसिया प्रशान्त क्षेत्रका १६ देशका २४ टोलीले प्रतियोगितामा आफ्नो अद्वितीय विचार प्रस्तुत गरेका थिए, जसमध्ये ७ टोलीलाई विजेताको रूपमा छनोट गरिएको थियो ।

अद्वैत एउटा एप हो जसले औषधिमा ठगी पत्ता लगाउन ब्लकचेन र एआई प्रयोग गर्दछ । जसमा टिम नेपालले अन्य ६ विजेता टोलीहरूसँग अर्को हप्ता सिंगापुरमा एक्सेलेटर क्याम्पमा भाग लिनेछ । जहाँ उनीहरूले विज्ञहरूसँग भेट गर्नेछन् र सिंगापुरको नेसनल युनिभर्सिटी क्याम्पसमा आफ्नो आइडियाको सार्वजनिक डेमो गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप