शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

निष्पक्ष चुनाव गराउन तटस्थ सरकार बनाउन माग

आइतबार, १९ भदौ २०७९, १६ : १६
आइतबार, १९ भदौ २०७९

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचनमा भाग नलिनेहरूको तटस्थ सरकार बनाउन माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद सुवालले हालसम्मका सरकारहरूले निष्पक्ष चुनाव गराउन नसकेको भन्दै निष्पक्ष चुनाव गराउनका लागि तटस्थ सरकार बनाउनुपर्ने बताए ।

उनले निर्वाचनमा भाग नलिनेहरूको मात्रै तटस्थ सरकार बनाउनुपर्ने बताए । सांसद सुवालले निर्वाचनको मिति घोषणा भइसक्दा पनि संसद चलाउनु आचारसंहिता विपरीत रहेको भन्दै संसद बैठक चलाउनु नहुने बताए । उनले तटस्थ सरकार बनाउने पहल गर्न अनुरोध गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप