शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङ–४ बाट अमनलाल मोदी सर्वसम्मत सिफारिस

आइतबार, १९ भदौ २०७९, १६ : ०७
आइतबार, १९ भदौ २०७९

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदी मोरङ क्षेत्र नम्बर–४ बाट सर्वसम्मत प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । विराटनगरमा आइतबार बसेको प्रदेश समितिको विस्तारित बैठकले मोदीको नाम एकल रूपमा सर्वसम्मत सिफारिस गरिएको माओवादी मोरङ–४ का क्षेत्रीय संयोजक ताजिम अन्सारीले जानकारी दिए । 

मोदीले यसअघि ०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । मोदीले ३३ हजार ५ सय २९ र आचार्यले २६ हजार ८ सय मत पाएका थिए । मोदी ०७० को संविधानसभामा समानुपातिक तर्फबाट सदस्य थिए । 

यस्तै मोरङ–४ को प्रदेशसभा (क) बाट प्रत्यक्षमा विजय विश्वास, पक्खुलाल चौधरी र मनोज राई तथा प्रदेश (ख) बाट हरिप्रसाद घिमिरे, ताजिम अन्सारी, दिनेशकुमार राजवंशी र किशोरकुमार पाण्डेको नाम सिफारिस भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप