शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मापसे गरेर स्कुल बस चलाउने थप ५ जना चालकलाई कारबाही

आइतबार, १९ भदौ २०७९, १५ : ३१
आइतबार, १९ भदौ २०७९

स्कुल–कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आइबार मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बिहान साढे ५ बजेदेखि साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारबाहीमा परेका हुन् ।

मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा काठमाडौँको कलंकी स्थित एल.आर. आई स्कुलको बाग्मती प्रदेश ०१–००३ क ९१ ५७ नम्बरको बसका चालक राज कुमार पण्डित, धोविघाट स्थित आइडल मोडेल स्कुलको बा ५ क ९७ ९८ नम्बरको बसका चालक राजेश थापा, आइडल मोडेलकै बा १ क ६४ १६ नम्बरको अर्को बसका चालक कृष्ण बहादुर सुनार, तीनकुने स्थित कौटिल्या स्कुलको प्रदेश ३–०१–०३३ च ९९७ नम्बरको बसका चालक गणेश भण्डारी र  चोभार स्थित मोर्डन ईन्डियन स्कुलको बा ३ क ४६ १६ नम्बरको बसका चालक घना दोर्जे लामा रहेका छन् ।

मापसे गरेर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियम अनुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालक मार्फत विधार्थीहरुलाई गन्तव्यमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । 

यस्तै चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १२ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । ट्राफिक प्रहरीले साउन ३० गतेबाट सुरु गरेको स्कुल–कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियान अन्तरगत मापसे गरी सवारी साधन चलाउँदै गरेका ३१ जना स्कुल बसका चालकलाई हाल सम्म कारबाही गरिसकेको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप