बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँमै सुविधासम्पन्न अस्पताल बनेपछि बंगलाचुली बासिन्दा दङ्ग

आइतबार, १९ भदौ २०७९, १५ : २९
आइतबार, १९ भदौ २०७९

-गिरिराज नेपाली
बंगलाचुली गाउँपालिका दाङको दुुर्गम पहाडी क्षेत्र हो, जहाँ स्वास्थ्योपचारका लागि स्थानीयवासी सहरतिर धाउन बाध्य हुँदै आएका थिए । खानेपानी, बिजुली, यातायात र अन्य भौतिक संरचनाको अभाव रहेको सो पालिकामा अब भने स्थानीयवासीले गाउँमै स्वास्थ्य उपचार पाउने भएका छन् ।

स्थानीय सरकारले १५ शय्याको अस्पताल सञ्चालन गरेपछि उपचारका लागि बाहिर जानुपर्ने अवस्था करिबकरिब अन्त्य भएको बंगलाचुुली गाउँपालिका वडा नं. ३ निवासी मेनका वलीले बताइन् । ‘अस्पतालको नाममा सानो स्वास्थ्यचौकी थियो, अहिले गाउँमा ठूलो अस्पताल बनेको छ,’ उनले भनिन्, ‘ठूला रोग लागेमात्रै अन्यत्र जानुुपर्छ, अरु उपचार गाउँमै मिलेको छ ।’

उनीमात्रै होइन, स्थानीय सावित्री विक पनि गाउँमै सुविधासम्पन्न अस्पताल बनेकोमा दङ्ग छिन् । ‘सुत्केरी व्यथा लाग्दा पनि गाउँमा अस्पताल नहुँदा रातातार बाहिर लैजानुपर्ने अवस्था थियो,’ उनले भनिन्, ‘हामीलाई अब अस्पतालको दुःख छैन । गाउँमा ठूलो अस्पताल बनेको छ, ठूला डाक्टर आएका छन् ।’

स्थानीय सरकारले आधुुनिक भवन सहितकोे स्तरीय स्वास्थ्य सेवा सञ्चालनमा ल्याएसँगै दुर्गम क्षेत्रका बासिन्दामा खुसी छाएको छ । सो अस्पतालमा भिडियो एक्सरेदेखि प्रयोगशाला सेवासम्मको सबै सेवा प्रवाह भइरहेको छ । बंगलाचुुली गाउँपालिकाका अध्यक्ष सुवास पुनले भने, ‘यो अस्पताल र उपचार हाम्रा लागि पहिलो खुुसी बनेर आएको छ ।’

दुुईतले प्रयोेगशाला भवन, शव गृह, चिकित्सक आवास र भोजनालय लगायतका संरचनाहरु निर्माणको अन्तिम चरणमा रहेको उनले बताए । अस्पतालको सेवा सञ्चालनमात्रै होइन, निर्माणाधीन संरचनाले पनि दुुर्गमको मुहारमा अर्काे खुुसी थपिदिएको उनी बताउँछन् ।

संरचना निर्माणपछि बंगलाचुुलीको स्वास्थ्य सेवाको अवस्था अझै स्तरीय र व्यवस्थित बन्ने विश्वास उनको छ । सो अस्पतालबाट भिडियो एक्सरे, प्रयोगशाला, निशुल्क प्रसूति तथा फार्मेसी सेवा, पोषण र एक्सरे सेवा सञ्चालनमा रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप