सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

६ जना रुसी आरोहीको मृत्यु

आइतबार, १९ भदौ २०७९, १५ : २६
आइतबार, १९ भदौ २०७९

पूर्वी रुसको कामचटका क्षेत्रमा रहेको युरेसियाको सबैभन्दा अग्लो सक्रिय ज्वालामुखीमा आरोहण गर्ने क्रममा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आरोहणमा गएका अन्य ६ जना अलपत्र परेका छन् ।

खराब मौसमका कारण उद्धारकर्ताहरू क्लुचेभस्काया सोप्का ज्वालामुखीमा रहेका अन्य ६ जना आरोहीसम्म पुग्न असमर्थ रहेको बीबीसीले जनाएको छ । आरोहीहरूमध्ये दुई जनाले समुद्र सतहबाट ३,३०० मिटर उचाइमा रहेको शिविरमा आश्रय लिएका र अन्य चार जनाले ४,००० मिटरको पालमा आश्रय लिएको विश्वास गरिन्छ ।

सबै आरोही रुसी नागरिक हुन् । दुई जना गाइडसहितको १२ जनाको समूहले मंगलबार ४ हजार ७५४ मिटरको शिखरमा आरोहण सुरु गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप