६ अंकले बढ्यो नेप्से, १ अर्ब ७ करोडको कारोबार
आइतबार, १९ भदौ २०७९, १५ : २१
साताको पहिलो कारोबार दिन नेप्से सूचकमा एकल अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यस दिन सूचक ६.६८ अंकले बढ्दै १९७७.३० अंकमा उक्लिएको हो ।
यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.५७ अंकले बढ्दै ३८३.७७ अंकमा उक्लिएको छ । तर, समग्रमा ६ अंकले बढेको बजारमा आज जम्मा एक अर्ब ७ करोड १६ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।
आज होटल तथा पर्यटन, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक बाँकी ९ वटा उपसूचक धनात्मक भएका छन् । रुरु जलविद्युत कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सपोर्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा २.८६ प्रतिशतले गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा