आमाबुबा बन्दै सुदर्शन र सुप्रिया
आइतबार, १९ भदौ २०७९, १५ : ०७
निर्देशक सुदर्शन थापा र अभिनेत्री सुप्रिया कटुवाल आमाबुबा बन्ने भएका छन् । केही दिन अगाडि फिल्म ‘सम्हालिन्छ कहिले मन’ को प्रेम शोमा अभिनेत्री सुप्रियाले आफू आमा बन्न लागेको सार्वजनिक गरेकी थिइन् ।
अवको पाँच महिनापछि खुसीको खबर सुन्न पाइने उनले जानकारी दिइन् । सुप्रिया र सुदर्शनले २०७८ साल असोजमा लगानगाँठो कसेका थिए । ‘सम्हालिन्छ कहिले मन’ सुदर्शन थापाको निर्देशन रहेको फिल्म हो । प्रेमकथामा फिल्म बनाउन माहिर सुदर्शनले यो फिल्म पनि प्रेम कथामै बनाएका हुन् ।
सुप्रिया भने पछिल्लो समय एपिवान टेलिभिजनमा समाचार वाचिकाको रुपमा कार्यरत छिन् । फिल्म ‘साढे सात’ बाट फिल्म अभिनयमा डेब्यु गरेकी उनले थुप्रै म्युजिक भिडियो अभिनय गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महत्त्वपूर्ण ८ पद हत्याउने दबाबमा एमाले, कांग्रेस र माओवादी
-
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
-
गायिका लक्ष्मीले नचाइन् भारतको जोलजीबी मेलामा दर्शक
-
स्थानीय तह उपनिर्वाचन : प्रचारप्रसार गर्ने आज अन्तिम दिन
-
रामराजा क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ
-
जग्गाको टुङ्गो छैन, प्रादेशिक संरचना निर्माणका लागि बर्सेनि बजेट विनियोजन