दलहरूमा गैरराजनीतिक चरित्र देखियो : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरूमा गैराराजनीतिक चरित्र हाबी भएको बताएका छन् । आइतबार काठमाडौंमा ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक अन्तरक्रियामा बोल्दै उनले गैरराजनीतिक चरित्र हाबी भएकै कारण तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको स्रोतसाधन उत्पादनमूलक क्षेत्रमा लगानी नगरेर, रेल, भ्यु टावर तथा पानीजहाज जस्ता कुरामा लगानी गरेको बताए ।
‘राजनीतिक दलहरूमा गैर राजनीतिक चरित्र हाबी भएको छ । क्रान्तिकारी वर्ग दृष्टिकोण छँदैछैन । जनता राष्ट्र र समाजप्रतिको जिम्मेवारीबोधको भावना नै छैन’, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘देशप्रतिको भावना, जनताप्रतिको समर्पण भाव, लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको आत्मसातीकरणबारे आत्मचिन्तन गर्नुपर्ने आवश्यकता छ ।’
उनले दूरगामी चिन्तन राख्ने काम सर्वहारा वर्गको भएको भन्दै त्यसको अगुवा कम्युनिस्ट पार्टीका नेताहरू हुनुपर्ने पनि बताए । ‘कम्युनिस्टहरूले दूरगामी चेत राखेर चल्नुपर्ने, यथार्थको धरातलमा उभिन सक्ने लगानी र प्रतिफलको हिसाबकिताब गर्न सक्नुपर्छ’अध्यक्ष नेपालको भनाइ छ । उनले माक्सवाद भनेको माला जप्ने सिद्धान्त नभएको भन्दै सत्य र तथ्यमा आधारित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिप्टो कारोबारमा मुछिएका ३३ जना धरौटीमा रिहा, तीन जना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान
-
बागमतीका २ सचिवलाई थप जिम्मेवारी तोक्ने निर्णय
-
अस्ट्रेलियाका इङ्लिस पञ्जाब र भुवनेश्वर कुमार बेंगलुरुमा, बिक्री भएनन् शाई होप
-
नेपालमा पहिलो पटक लिक्वीफाइड नेचुरल ग्यास आयात गर्ने अनुमति, एलपी ग्यासभन्दा सस्तो
-
इन्डियन प्रिमियर लिग मेगा अक्सन : वासिङ्टन सुन्दर गुजरात र साम कर्रन चेन्नईमा आबद्ध
-
पञ्जाबले सात करोडमा किन्यो दक्षिण अफ्रिकाका मार्को यानसेनलाई, क्रुणाल पाण्ड्या बेंगलुरुमा