बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चन्दद्वारा भलिबल संघको अध्यक्षमा उम्मेदवारी घोषणा

आइतबार, १९ भदौ २०७९, १४ : ३६
आइतबार, १९ भदौ २०७९

जितेन्द्र चन्दले नेपाल भलिबल संघको अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन् । वर्तमान भलिबल संघका महासचिव चन्दले नयाँ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । चन्दले आफूले महासचिव पदमा रहेको समयमा नेपाली भलिबल क्षेत्रमा राम्रो योगदान गरेको र यसलाई अझै पूर्णता दिलाउन अध्यक्षमा उम्मेदवरी दिन लागेको बताए ।

‘मैले महासचिव भएको समयमा धेरै काम गरेको छु । अब यसलाई मुर्त रुप दिन अध्यक्षमा उम्मेदवारी दिएको हुँ,’ चन्दले भने । भलिबल संघको अध्यक्षमा यसअघि बर्तमान कार्यसमितिकी उपाध्यक्ष निरोस मास्केले उम्मेदवारी घोषणा गरिसकेकी छन् । नेपाल भलिबल संघको केन्द्रिय निर्वाचन भदौ २२ गते काठमाडौंमा हुँदैछ ।

भलिबल संघको महासचिवमा वर्तमान कार्यसमितिमा सचिव रहेका मनवीर छन्त्यालले उम्मेदवारीको घोषणा गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप