सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने तयारीमा राजेन्द्र लिङ्देन

आइतबार, १९ भदौ २०७९, १४ : २८
आइतबार, १९ भदौ २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद  पदबाट राजीनामा दिने भएका छन् । आइतबार बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले संसद पदबाट राजीनामा दिने भएका हुन् ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिसकेको, सत्तारुढ दलका नेताहरुले संसदको आयू लम्ब्याउने गरी अभिव्यक्ति दिन थालेको र सोहीअनुसार बहस भइरहेका बेला लिङ्देनले सांसद पदबाट राजीनामा दिन लागेका हुन् । ‘आज बस्ने संसद बैठकलाई सम्बोधन गर्दै अध्यक्षज्यूले सांसद पदबाट राजीनामाको घोषणा गर्नुहुनेछ,’ राप्रपा स्रोतले भन्यो ।

४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकिएका बेला मौजुदा प्रतिनिधिसभाको आयू जबरजस्ती लम्ब्याउन खोजिएपछि उनले सांसद पदबाट राजीनामा दिन लागेको राप्रपाले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप