शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

ट्याक्सी चालकले मापसे गरेको भेटिएपछि अभद्र व्यवहारको मुद्दा

आइतबार, १९ भदौ २०७९, १३ : ५४
आइतबार, १९ भदौ २०७९

मदिरा सेवन गरेर ट्याक्सी चलाउने दुईजना चालकलाई ट्राफिक प्रहरीले मुद्दा चलाएको छ । गएराति चेकजाँच गर्दा मापसे गरेको अवस्थामा भेटिएका दुईजना चालकलाई मुद्दा चलाउने निर्णय गरिएको उपयत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले रातोपाटीलाई बताए ।

सुकेधारामा बा.२ज ३३४१ नम्बरको ट्याक्सिका चालक विकास सुनार र कीर्तिपुरबाट बा.२ ज ६५४ नम्बरको ट्याक्सी चालक राजेन्द्र महर्जनलाई ट्राफिक प्रहरीले गएराति पक्राउ गरेको थियो । मापसे गरेर सवारी चलाएका उनिहरुले चेकजाँचमा खटिएका ट्राफिकलाई दुव्र्यवहार गरेको एसएसपी भट्टले जानकारी दिए ।

आरोपीहरुलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले वृत महाराजगञ्ज र वृत कीर्तिपुरमा पठाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप