आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बलिउड फिल्म ‘इश्क पश्मीना’ को टिजर र गीत काठमाडौंमा रिलिज

आइतबार, १९ भदौ २०७९, १३ : ५१
आइतबार, १९ भदौ २०७९

बलिउड फिल्म ‘इश्क पश्मीना’ले टिजर र गीत रिलिज गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच निर्माण कम्पनी कृष्ण शन्ति प्रोडक्सन हाउसले फिल्मको टिजर र गीत सार्वजनिक गरेको हो । निर्माता सुरज सूर्या मिश्र, अभिनेता भाविन भानुशाली र अभिनेत्री मालती चाहरसहितको टोली कार्यक्रममा सहभागी थिए । भाविन र मालतीको यो डेब्यु फिल्म हो ।

भाविन भारतका लोकप्रिय टिकटक स्टार हुन् भने मालती भारतीय क्रिकेटर दीपक चाहरकी बहिनी हुन् । फिल्म प्रेम कथामा बनेको कार्यक्रममा निर्माता सुरज सूर्या मिश्राले जानकारी दिए । नेपाल र भारत निकट मित्र रहेकोले सम्बन्धलाई अझै भावनात्मक बनाउन आफूहरुले नेपालमा टिजर र गीत रिलिज गरेको निर्माता मिश्रले बताए ।

जी म्युजिक कम्पनीबाट सार्वजनिक भएको गीत ‘जोगी हो गया’ मा चर्चित भारतीय गायक जाबेद अलीले स्वर छ । फिल्मको निर्देशन अरबिन्द पाण्डेले गरेका हुन् ।  फिल्म नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप