सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने

आइतबार, १९ भदौ २०७९, १३ : ४५
आइतबार, १९ भदौ २०७९

आगामी असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आइतबार बसेको बोर्ड बैठकले शुक्रबारको सेयर बजार बन्द गर्ने निर्णय गरेको हो । 

यसअघि सरकारले जेठ १ गतेदेखि ३० गतेसम्म एक महिना हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक विदा दिएसँगै सेयर बजार कारोबार दिन प्रभावित हुन पुगेको थियो । आइतबार सार्वजनिक विदा हुने भएपनि सो दिनको सट्टा शुक्रबारलाई सारिएको थियो । 

तर, सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयन भएको एक महिना नबित्दै सरकारले आइतबारको बिदा खारेज गरेको थियो । तर, यता सेयर बजारमा भने आइतबारदेखि शुक्रबार नै कारोबार हुँदै आयो । असार १ गतेदेखि आइतबारसहित शुक्रबार पनि सेयर कारोबार हुँदै आएकोमा तीन महिनापछि नेप्सेले पूर्ववत् कारोबार दिन (आइतबारदेखि बिहीबार) लाई नै कार्यान्वयन गर्ने भएको छ ।

शुक्रबारको कारोबार बन्द गर्नुपर्ने माग उठेसँगै नेप्सेले यस्तो निर्णय गरेको हो ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आगामी असोज १ गतेदेखि नै कार्यान्वयनमा आउनेगरी शुक्रबारको कारोबार बन्द गरिने जनाएको छ । योसँगै पुनः हप्तामा ५ दिन सेयर कारोबार हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप