रोहिङ्ग्या आप्रवासी बङ्गलादेशका निम्ति ठुलो बोझ : प्रधानमन्त्री हसिना
बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले रोहिङ्ग्या आप्रवासी बङ्गलादेशका निम्ति ठुलो बोझ बनेका बताउँदै त्यसलाई समाधान गर्न भारतको सक्रिय भूमिकाको आफूले अपेक्षा गरेको बताएकी छिन् ।
रोहिङ्ग्या आप्रवासीहरूलाई उनीहरूको मातृभूमि फर्कने सुनिश्चितताका निम्ति बङ्गलादेशले अन्तर्राष्ट्रिय समुदायसँग सम्पर्क गरिरहेको बताउँदै उनले उक्त समस्या समाधानमा भारतको प्रमुख भूमिका हुनसक्ने उल्लेख गरेकी छिन् ।
सोमबारदेखि हुन लागेको आफ्नो भारत भ्रमणका सन्दर्भमा एएनआईसँगको कुराकानीमा उनले आफ्नो देशमा ११ लाख रोहिङ्ग्याको उपस्थितिले राज्य सञ्चालनमा चुनौती थपिएको चर्चा गर्दै रोहिङ्ग्या समस्या समाधानका निम्ति भारतसहित अन्य छिमेकी राष्ट्रहरूसँग पनि परामर्श भइरहेको बताइन्। “अन्तर्राष्ट्रिय समुदायले यस्तो कदम चालुन् जसले रोहिङ्ग्यालाई घरफर्कन् सहयोग पुगोस्,” उनले भनिन् ।
रोहिङ्ग्याको उपस्थितिले बङ्गलादेशको सामाजिक संरचनामा समस्या उत्पन्न भएको, कोही लागु औषध ओसारपसारमा लागेका, कोही हतियारसहित द्वन्द्व निम्त्याउनेतर्फ लागेका र कोही महिला बेचबिखनमा संलग्न भएका बताउँदै प्रधानमन्त्री हसिनाले उनीहरूको शीघ्र घर फिर्तीका लागि दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) तथा संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय समुदायसँग छलफलमा रहेको जानकारी दिइन् ।
आफ्नो देशले धेरै समस्याको सामना गरिरहेका बेला रोहिङ्ग्यालाई शरण दिएको बताउँदै उनले अब उनीहरू आफ्नो देश फर्कनुपर्नेमा जोड दिइन् । उक्त समस्या समाधानमा छिमेकी देशका नाताले भारतले ठूलो भूमिका निर्वाह गर्नसक्ने उनले बताइन् । टिस्टा नदीको पानी बाँडफाँटलगायत आपसी विवाद समाधान हुन नसक्ने आफूलाई नलागेको उनले बताइन् । भारतसँगका सम्बन्धका सबै विषयमा नयाँदिल्लीमा छलफल हुने पनि उनले स्पष्ट पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै