शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

पोखराको रिठ्ठेपानी डाँडा काट्न टेण्डर आह्वान

आइतबार, १९ भदौ २०७९, १२ : २७
आइतबार, १९ भदौ २०७९

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखराको रिठ्ठेपानी डाँडा काट्नका लागि टेण्डर आह्वान गरेको छ । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि उक्त डाँडा काट्नुपर्ने सर्वेक्षणले देखाएको थियो । सोहीअनुसार क्यानले डाँडा काट्नका लागि ७२ लाख रुपैयाँको टेण्डर आह्वान गरेको हो ।

उक्त डाँडा काट्न इच्छुक निर्माण कम्पनीहरूले आउँदा ११ अक्टोबरसम्ममा आवेदन दिनुपर्ने बताइएको छ । क्यानका प्रवक्ता जगन्नाथ निरौलाले डाँडा काट्न टेण्डर आह्वान गरिएको जानकारी दिए । उनले क्यानले डाँडा काट्न टेण्डर आह्वान गरेको र अबको एक महिना भित्र कम्पनी छनौट गर्ने बताए ।

कम्पनी छनौटको काम सकिएपछि कात्तिक दोस्रो सातादेखि डाँडा काट्ने काम सुरू गर्ने रातोपाटीलाई जानकारी दिए । रिठ्ठेपानी पानी डाँडाको ३८१ रोपनी जग्गा छ । जसमा ८१ रोपनी व्यक्तिको नाममा रहेको छ भने बाँकी ३०० रोपनी जग्गा सरकारको नाममा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप